प्रचण्ड विरुद्ध भ्रम फैलाएको भन्दै २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

के छ नेपाल
२९ असोज २०८२ १९:५४

काठमाडौं । पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।

नेकपा माओवादी निकट वाईसीएल र अखिल क्रान्तिकारीले संयुक्तरूपमा उनिहरुविरुद्ध उजुरी दर्ता गरेको हो ।

सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रूपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

हालैको जेनजी आन्दोलन पश्चात् देशलाई अस्थिर पार्ने उद्देश्यका साथ विभिन्न व्यक्ति तथा प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागहरूलाई अपहरण गरी भ्रम फैलाउने कार्य गरिरहेका भन्दै वाईसीएल र अखिल क्रान्तिकारीको टोलीले साइबर ब्युरोमा उजुरी दिएको हो ।

 


धेरै पढिएको