बझाङमा मध्यराति गयो भूकम्प

के छ नेपाल
२९ असोज २०८२ ८:३२

काठमाडौं । बझाङमा मध्यराति भूकम्प गएको छ ।

बझाङको दान्तोला क्षेत्र आसपास केन्द्र बनाएर गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जनाएको छ ।

 


धेरै पढिएको