सशस्त्र बिओपी भुडाका इन्सपेक्टरको मिलोमतोमा तस्करी ,खबर पुगेपछि डिएसपीले बोलाए

के छ नेपाल
२७ असोज २०८२ १३:१५

बेलौरी । कञ्चनपुरको बेलौरीमा सशस्त्र प्रहरी बलको मिलोमतामा खुलेआम तस्करी भइरहेको खुलेको छ । भारतसँग खुला सिमाना जोडिएको बेलौरी नगरपालिका १० भुडा स्थित सशस्त्र बिआपी भुडाका ईन्चार्जले भारत र नेपालका तस्कर सँग मिलेरै तस्करी गराइरहेको खुलेको हो ।

यो विषय सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हे.क्वा.शैलेश्वरीमा पुगेपछि भुडाका ईन्चार्ज जय बहादुर महतालाई सोधपुछका लागि बेलौरी गुल्ममा बोलाइएको छ ।

‘भुडाबाट खुला तस्करी भइरहेको माथि जानकारी भएपछि मैले सोधपुधका लागि उनलाई बोलाएको छु ,’ बेलौरी गुल्मका डिएसपी इश्वर भट्टले भने ‘ स्थानियले बारम्बार आरोप लगाइरहेका छन , साँच्चिकै हो वा स्थानियले आक्षेप मात्रै लगाइरहेका हुन यस विषयमा स्पष्टिकरण सोध्ने छु’

डिएसपी भट्टले तस्कर सँगै मिलेर यदि गरिएको पाइए कारबाहि अगाडी बढाउने पनि बताए । साथै उनले तस्करी नियन्त्रणका लागि आफुले भरपुर प्रयास गरेपनि खुला सिमानाका कारण समस्या हुने गरेको पनि बताए ।

स्रोतका अनुसार ईन्चार्ज महताले भारत र नेपालका करिब आधा दर्जन तस्करहरुबाट ५ देखि १५ हजारका दरले मासिक पैसा लिने गरेका छन । ‘पैसा लिएकाहरुलाई बिहान ६ देखि ८ बजेसम्म बाटो खुला गर्छन , ति बाहेकलाई डिउटीमा जवान पठाएर सरसँग कुरा भएको छ छैन भनेर सोधिन्छ , यदि कुरा भए छोडिन्छ ,रहेनछ भने समान समात्छन ‘ स्रोतले भन्यो ।

भारतबाट भुडा भएर लाखौको समान तस्करी हुनेको गरेको एक स्थानियले बताए । उनका अनुसार भारतबाट चिनी ,पेय पदार्थ , हार्डवेयरका लगायतका अन्य समान मिलोमतोमा तस्करी हुने गरेको छ ।

केहि दिन अघि मात्रै भुडाबाटै ईलाका प्रहरीकार्यालय बेलडाडीको टोलिले करिब २ लाख बाराबारको पटाका बरामद गरेको थियो ।

 


धेरै पढिएको