जब प्रहरी कार्यालयमा २ युवा टाउको लिएर पुगे …

के छ नेपाल
२५ असोज २०८२ ११:०१

धनगढी । कैलालीमा एक युबकको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैमा २८ बर्षिय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

बुढाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन् ।

उनिहरु दुबैे बुढाको घाँटी रेटी टाउको बोकेर प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी पोस्ट आउदै गर्दा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ।

मृतकका आफन्त सुर्खेतबाट आइरहेकाले अहिले शव घटनास्थलमै रहेको छ। प्रहरीले यो घटनामा दुबै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


धेरै पढिएको