गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार

के छ नेपाल
२ असोज २०८२ १७:१८

काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। बिहीबार बिहान सवा ११ बजे गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट सीतादेवी पन्तको टाउको र दाहिने हातमा चोट लागेको छ। उनलाई उपचारका लागि शंकरापुर अस्पताल, नारायणटार लगिएको छ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सो घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तामाङले मदिरा सेवन गरी पन्तको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेको स्विकारेका छन ।

पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त बौद्धको भवनमा हिरासत राख्न नसक्ने भएकाले जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

 

 

 


धेरै पढिएको