बागबजारको गेस्ट हाउसमा पोखराकी सनिसरा मृत फेला

के छ नेपाल
५ असोज २०८२ १६:१५

काठमाडौं । काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित रहेको एक गेस्ट हाउसमा यु्वती मृत फेला परेकी छन ।

बागबजारस्थित रहेको न्यु मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना मृत अवस्थामा भेटिएकी हुन्।

राना शनिबार गेस्ट हाउसउनी सुतिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

रानाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

 


धेरै पढिएको