श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

के छ नेपाल
२९ भदौ २०८२ १५:०८

हेटौंडा । मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका -१ इन्द्रुङमा २७ भदौ शुक्रबार बेलुका २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो ।

उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको स्थनयिले बताएका छन ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार भएको हो ।

बलात्कार गरेको भनेर पीडित महिलाले अध्यक्ष मल्ललाई जानकारी गराएकी छन ।

गाउँपालिकाले पीडित परिवारलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ ।

पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताए ।

पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको थियो ।


धेरै पढिएको