धनगढीका जेफ र जाबेजको जन्म र मृत्यु सँगसँगै
धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका जुम्ल्याहा दाजुभाइको नदिमा डुबेर मृत्यु भएको छ ।
जन्मदेखि सँगै हुर्किएका १७ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारीको कैलालीको खुटिया नदीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार उनीहरूसहित धनगढीबाट ७ जना किशोर खुटियातर्फ जन्मदिन मनाउने भन्दै गएका थिए।
उनीहरूमध्ये यी दुई भाईसहित अन्य दुई जनाको नदी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही घटनामा धनगढी उपमहानगर–५ हसनपुरका प्रतीक चौधरी र तारानगरका १७ वर्षीय सक्षम जोशीको पनि मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीको झोलुंगे पुल नजिकै नदिमा डुबेर चारै जनाको ज्यान भएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस