बालेन र सुदन विरुद्ध कञ्चनपुरमा पनि उजुरी

के छ नेपाल
२३ असोज २०८२ १८:५४

कञ्चनपुर । कञ्चनपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध नेकपा एमालेनिकट अनेरास्ववियुले जाहेरी दिएको छ ।

अनेरास्ववियुले गत २४ भदौ जेन–जी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड एवं आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रमअनुरूप जिल्लाबाटै उजुरी दिएको बताए ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुदन नै मुख्य योजनाकार भएकाले कानुनअनुरूप कारबाही उनको माग छ ।

 


धेरै पढिएको