बेलौरीमा जेनजी र तीन राजनितिक दल आमनेसामने
बेलौरी । बेलौरीका तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नेपालको संविधान २०७२ रहुन्जेल बेलौरीको संविधान चोक नाम परिवर्तन गर्नु नपर्ने बताएका छन ।
बुधबार नेपाली कांग्रेसका नगर परिषद् सदस्य पेपुराम चौधरी, एमाले नगर अध्यक्ष नवराज शाही र माओवादी अध्यक्ष लालबहादुर चौधरीले सयुक्त रुपमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीलाई ज्ञापनपत्र बुझाउँदै संविधान २०७२ रहुन्जेल संविधान चोकको नाम परिवर्तनगर्न नहुने बताएका हुन ।
ज्ञापनपत्रमा हाल बेलौरीमा “जेन–जी” समूहका नाममा विभिन्न दलका पदाधिकारीहरूले अनावश्यक रूपमा विषयलाई राजनीतिकरण गरिरहेको उल्लेख गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
ज्ञापनपत्रमा नगरभित्रका करार तथा ज्यालादारी कर्मचारीहरूको कार्यसञ्चालन व्यवस्थित गर्न कर्मचारी व्यवस्थापन कार्य समिति गठन गर्न र आवश्यकताभन्दा बढी कर्मचारीलाई यथाशीघ्र जिम्मेवारीबाट मुक्त गर्न माग गरिएको छ। त्यस्तै, नगरमा अधुरा योजना, शिक्षा, स्वास्थ्य, सडक र विकास निर्माणका कार्यहरूलाई शीघ्र अघि बढाउन माग गरिएको छ ।
पछिल्लो केहि दिनदेखि केशव बोहरा नेतृत्वको जेनजी समुहका युवा र सर्मथकहरुले संविधान चोकको नाम परिवर्तन गरेर जेनजी चोक नै राखिनुपर्ने लगायतका विभिन्न माग गर्दै आन्दोलनरत छन । यसैबीचमा जेनजीको निरन्तर ताकेता गरिरहेका बेला राजनितिक दलले भने त्यसको विरोधमा उत्रिएका हुन ।
जेनजीको मागमा राष्ट्रिय स्वतन्त्र पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टिले भने सर्मथन जनाएको देखिन्छ । दुबै दलका नेता कार्यकर्ताहरु जेनजीको कार्यक्रमा निरन्तर देखिदै आएका छन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस