मिराज ढुंगानाले गरे ‘ग्रान्ड शक्ति’ प्रदर्शनको घोषणा
काठमाडौं । जेनजी अभियानका अभियन्ता मिराज ढुंगानाले छिट्टै ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । बुधबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै यो घोषणा गरेका हुन ।
भिडियोमा मिराजले शक्ति प्रदर्शनको मिति खुलाएका छैनन् । ‘हामी कमजोर छैनौँ । धेरै मान्छे हामीसँग जोडिइसक्नुभएको छ । छिट्टै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन गर्नेवाला छौँ,’ ढुंगानाले भनेका छन् ।
उनले आफूले उठाएको मुख्य माग ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री’ भएको बताएका छन् ।
उनले यसअघि २३ भदौको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए । तर, सुरक्षा चुनौतीका कारण उनी भदौ २३ र २४ मा आयोजना भएको प्रदर्शनमा सहभागी हुन सकेका थिएनन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस