‘सानु भाई’ फेरी पक्राउ , जेनजीको नाममा धम्क्याएको आरोप

के छ नेपाल
२० असोज २०८२ १६:४३

काठमाडौं । ‘सानु भाई’ भनेर चिनिने गुण्डा नाइके युवराज गुरुङ फेरी पक्राउ परेका छन् ।उनलाई प्रहरीले टोखाबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुरुङले जेनजी प्रदर्शनको फाइदा उठाउँदै केही व्यवसायीहरुलाई धम्की दिएका थिए ।

यसअघि गुरुङ साउन १५ गते मात्रै ठमेलको एक दोहोरी साँझमा लफडा गरेको आरोपमा पक्राउ परेका थिए ।

दुई हप्ताको हिरासत बसाइपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

साढे दुई महिनाभित्रै उनी दोस्रो पटक पक्राउ परेका हुन् ।

 

 


धेरै पढिएको