घरजग्गा किन्न ३ करोड कर्जा दिइने

के छ नेपाल
२७ असार २०८२ १४:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीती सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरेका छन । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ ।

अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।


धेरै पढिएको