सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगित

के छ नेपाल
२७ असार २०८२ १२:५५

काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

सहमतिपछि विहीबार व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो ।

कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए ।

 


धेरै पढिएको