२४ सय ले बढ्यो सुनको भाउ

के छ नेपाल
१७ असार २०८२ १३:४४

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।

आज मंगबार प्रतितोला दुई हजार चार सय रूपैयाँले सुनको मुल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

 


धेरै पढिएको