हट्यो घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट देखाउनुपर्ने व्यवस्था

के छ नेपाल
२६ जेठ २०८२ १३:५२

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट देखाउनुपर्ने व्यवस्था हटाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार भूमि व्यवस्था तथा अभिलेख विभागले संशोधन गरेको हो।

योसँगै घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखितसाथ संलग्न गर्नुपर्ने छैन ।

त्यस्तै राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत हटाइएको छ। बैनाबट्टा कागजमा खुलाउनुपर्ने व्यवस्था समेत खारेज गरिएको छ।

जेठ १३ गते जारी भएको निर्देशिकामा घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा १० लाख रुपैयाँदेखि माथि ५० लाखसम्मको कारोबार बैंकिङ्ग प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने व्यवस्था थियो।

५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने उल्लेख थियो।

संशोधित निर्देशिकामा १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको घरजग्गाको खरिदबिक्रीसम्बन्धी कारोबारमा जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण पेस गर्नुपर्ने व्यवस्था यथावत् छ।


धेरै पढिएको