सुनको मूल्यमा उच्च गिरावट
काठमाडौं । आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस