७० वर्ष पुगेका जेष्ठ नागरिकहरूले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने

के छ नेपाल
१६ जेठ २०८२ १८:५७

काठमाडौं । अब आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराए ।

आगामी आर्थिक वर्ष देखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई मात्रै सामाजिक सुरक्षा भत्ता दिइने उनले बताए ।

यसअघि ६८ वर्ष पु्गेका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए।

चालु आवमा भत्ता खाइरहेका जेष्ठ नागरिक ६९ वर्ष उमेर पुगे पनि उनीहरूले भत्ता पाउनेछन्।

 


धेरै पढिएको