बर्दियामा महाकाली सुगर मिलको शाखा विस्तार
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा अवस्थित महाकाली सुगर ईण्डष्ट्रिज प्रालीले आफ्नो शाखा विस्तार गरेको छ ।बर्दियाको गुलरिया नगरपालिका १२ दुधामा मिलले आफ्नो शाखा विस्तार गरेको हो ।
शाखाको नयाँ नाम पश्चिमाञ्चल सुगर ईण्डष्ट्रिज प्राली राखिएको छ । जसको हिजो बुधबार विधिवत शिलन्यास गरियो ।
चियरमेन मालिक केदार श्रेष्ठ र शेखर श्रेष्ठले शाखा मिलको शिलन्यास गरेका हुन । ठुलो लगानीमा महाकाली सुगर मिल भन्दा ठुलो शाखा विस्तार गरिन लागिएको बताइएको छ ।
पश्चिमाञ्चल सुगर मिल २५ हजार क्विन्टल उखु प्रतिदिन क्रसिङ गर्ने क्षमताको बनाइएको मिलका एडमिन गणेश खत्रीले बताए ।उनका अनुसार मिलले अघिल्लो वर्षदेखि उखु क्रसिङ सुरु गर्ने छ । यसवर्षभने मिलले उखुको विउ भने किन्ने छ ।
एडमिन खत्रीका अनुसार बर्दियामा उखु खेती हाल ३ सय विगाह जतीमा रहेको बताए । अघिल्लो वर्षसम्म त्यहा करिब ५ हजार बिगाह बढिमा उखु खेती गरिने मिलको लक्ष्य लिएको छ ।
महाकाली सुगर मिल बेलौरी नगर पालिका १० शिवनगरमा स्थापना भएको करिब १२ वर्ष भइसकेको छ । यस मिलले उखु क्रसिङको समयमा करिब २०० बढि स्थानियलाई रोजगारी दिदै आएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस