प्रदेश तथा स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८२ करोड

के छ नेपाल
१६ जेठ २०८२ १६:४८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८२ करोड विनियोजन गरेको छ ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसको जानकारी दिएका हुन ।

यो रकम प्रदेश तथा स्थानीय तहले पाउने राजश्व बाँडफाँट र अन्य अनुदान समेतको हो । यसमध्ये सशर्त अनुदानतर्फ प्रदेशलाई ३० अर्ब २५ करोड, स्थानीय तहमा २ खर्ब ११ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६ करोड र स्थानीय तहलाई ८८ अर्ब ६५ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब ३७ करोड र स्थानीय तहमा ९ अर्ब ८९ करोड छुट्टाइएको छ । समपूरक अनुदानतर्फ प्रदेशमा ३ अर्ब २८ करोड र स्थानीय तथहमा १० अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 


धेरै पढिएको