आईएमई ग्रुपले सञ्चालन गर्यो कागज उद्योग

के छ नेपाल
२२ फागुन २०८१ १२:५८

काठमाडौं । महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । आईएमई ग्रुपले आजदेखि कागज कारखाना सञ्चालन गरेको छ ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा उद्योग सञ्चालनमा आएको हो ।

‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ ।

२०७८ सालमा शिलान्यास भएको यस उद्योगले निर्माण प्रक्रिया सकिएर गएको पुसदेखि उत्पादन शुरू गरिसकेको छ । उद्योगले स्वदेशी कच्चा पदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ ।

 


धेरै पढिएको