बजारमा अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्यो , कति पुग्यो ?
काठमाडौं । बजारमा अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्ने भएको छ। कुखुरापालक संघ र अण्डा उत्पादकहरूसंग बसेको बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको हो ।
मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ किसानले पाउने छन ।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस