बेलौरी नगरपालिकाको सहायक कम्युटर अपरेटर पदमा पुरानै कर्मचारी दोहरिए

के छ नेपाल
२० माघ २०८१ ८:३१

बेलौरी । बेलौरी नगरपालिकाले करार सेवाका लागी सहायक कम्युटर अपरेटर पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । हिजो शनिबार उक्त पदका लागी लिखित र प्रयोगात्मक परिक्षापछि अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

सात जनाको अन्तिम नामावलीमा पुरानै सोहि पदमा कार्यरत कर्मचारी छनौट भएका छन । अन्तिम ७ मा अमर चौधरी ,विनोद चौधरी ,कृष्ण बहादुर बुढा ,साहेवलाल चौधरी ,जगदिश चौधरी , जंग बहादुर चौधरी र मोहन राना छनौट भएका छन । यिनिहरुलाई ७ दिन भित्र नगरपलिकामा उपस्थित हुन भनिएको छ ।

यसमा सबै नगरपालिका र वडामा कार्यरत कर्मचारी हुन । केहि त पलिकाका जनप्रतिनिधि वरपरिका मान्छे पनि हुन ।छनौट भएका मध्येका साहेवलाल चौधरी बेलौरी १० का वडा अध्यक्षका छोरा हुन । त्यस्तै विनोद चौधरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको निजी सचिवालयमा कार्यरत छन । बाकी अन्य बडाहरुमा कार्यरत रहेका छन ।

माघ ७ गते प्रकाशित आवेदकहरुको अन्तिम नामावलीमा १५२ जनो उक्त पदमा आवेदन दिएका थिए । हिजो लिईएको लिखित परिक्षामा १०३ जना सहभागी थिए । बिहान १० बजे सुरु हुने भनिएको परिक्षा ढिलोगरी ११ बजे सूरु भएको थियो ।

लिखित परिक्षाको अन्तिम नतिजा हिजो दिउँसो करिब ४ बजे प्रकाशित गरिएको थियो । लिखित परिक्षाको नतिजा पछि प्रयोगात्मक परिक्षा पनि हिजो नै गरी राती करिब ९ बजे अन्तिम नामावली प्रकशित गरिएको हो । नगरपालिकाको सुचना अनुसार प्रयोगात्मक परिक्षाका लागी १० जना परिक्षार्थी सहभागी थिए ।

मंसिर महिनाको पहिलो हप्ता पलिकाले करार सेवाका लागी सव ईन्जीनियर पद र सहायक कम्युटर अपरेटर पदका लागी अन्तिम नामावली सार्वजनिक गरेको थियो । सव ईन्जीनियर पदको माघ १० गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो ।


धेरै पढिएको