२ हजारले बढ्यो सुनको मुल्य

के छ नेपाल
१९ पुष २०८१ ११:५७

काठमान्डौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


धेरै पढिएको