प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य

के छ नेपाल
१८ पुष २०८१ ११:५१

काठमान्डौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


धेरै पढिएको