प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य
काठमान्डौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदी मूल्य पनि १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस