सुन-चाँदीको मुल्य घट्यो
काठमाडौं– आज सुनको मूल्य घटेको छ । तोलामा सुनको मुल्य १ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस