राजस्वभन्दा एक खर्ब ५६ अर्ब बढी सरकारी खर्च

एक रुपैयाँ राजस्व उठाउँदा एक रुपैयाँ ३९ पैसा खर्च

के छ नेपाल
२ पुष २०८१ ११:३२

 

काठमान्डौं । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को पाँच महिनामा राजस्वभन्दा एक खर्ब ५६ अर्ब बढी खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार मंसिर मसान्तसम्म तीन खर्ब ९९ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको हो । खर्च भने पाँच खर्ब ५६ अर्ब ११ करोड भएको छ ।

सरकारले उठाउने राजस्वसँग खर्चको अनुपात १ः१।३९ छ । अर्थात्, एक रुपैयाँ राजस्व उठाउँदा एक रुपैयाँ ३९ पैसा खर्च भएको हो ।


धेरै पढिएको