धरौटी बुझाएर रिहा भए महरा

के छ नेपाल
१२ मंसिर २०८२ १७:३०

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् ।

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटी तोकेको थियो ।

त्यसपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।महराले धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

 

 

 


धेरै पढिएको