प्रधानमन्त्री कार्कीले बोलेको सुन्दा प्रचण्डलाई चसक्क
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको प्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् । १४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा विद्रोहले दलका तीन शीर्ष नेताको विकल्प खोजेको बताउँदै भेट्न इच्छा नरहेको बताएकी थिइन् ।
‘मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि ’प्रचण्डले भने ।
दलहरूको भूमिकालाई बेवास्ता गरेर प्रधानमन्त्री कार्कीले शीर्ष नेतालाई भेट्नै नचाहनु अनुचित भएको प्रचण्डको भनाई छर
‘प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्रीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन,’ उनले भने ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस