विदेशबाट मतदानको सम्भावनाबारे छलफल

के छ नेपाल
१७ कार्तिक २०८२ १८:५६

काठमाडौं। विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा गृहमन्त्रालयमा छलफल भएको छ ।

आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठान बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने बिषयमा छलफल भएको हो ।

गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, मन्त्रालय अन्तर्गतको कानून महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्मा, डा। दिपक खड्का सहितको टोली सहभागी उक्त बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानून, र अन्य आवश्यकताकाबारे छलफल गरिएको बताइएको छ ।

 

 

 

 


धेरै पढिएको