रेशमले छाडे नाउपा, गरे नयाँ पार्टीको घोषणा

के छ नेपाल
२९ भदौ २०८२ १३:०३

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका रेशम चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शनिबार चौधरीले नाउपा परित्याग गर्दै नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी ९नाउपा० नेपाल’ को घोषणा गरेका हुन ।

‘अब झगडा गरिरहनु छैन, रोइलो गर्नु छैन । थरुहटका नाममा ठगहरू भए, लाभका निमित्त नागरिक उन्मुक्ति पार्टीमा आए । अब म अल्झिन्नँ ।’उनले भनेका छन् ।

उनले आफ्नो सम्पूर्ण सम्पत्ति सरकारलाई दिन तयार रहेको घोषणा पनि गरेका छन् । ‘म पार्टी र राजनीतिबिना बाँच्न सक्दिनँ । स्वतन्त्रहरूको हातेमालोमा जोडिन चाहन्छु,’ उनले भने, ‘आजदेखि नयाँ संगठन र दल निर्माणमा लाग्न चाहन्छु । पुनः जुरमुराउन चाहन्छु ।’

 


धेरै पढिएको