प्रहरीको फरार सूचीमा रहेका यादवलाई कांग्रेसको सदस्यता , २४ घण्टामै खारेज

के छ नेपाल
३१ साउन २०८२ १८:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको हातबाट पार्टी सदस्यता पाएका देवेन्द्र यादवको सदस्यता २४ घण्टामै खारेज गरिएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादी उनको सदस्यता खारेज गरिएको हो ।

शुक्रबार दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवको सदस्यता खारेज भएको जानकारी दिए ।

यादवको नाम लामो समयदेखि प्रहरीको फरार सूचीमा छ। उनको मुद्दा हाल महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा रहेको छ।

528999675_2111345262607354_1020742417630335061_n-1755259930.png

 


धेरै पढिएको