इजरायली आक्रमणमा परी गाजामा पाँच जना पत्रकार मारिए
काठमाडौं । गाजा अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणमा परी पाँच जना पत्रकार मारिएका छन् ।
बिबिसीका अनुसार अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएका हुन ।
मारिने पत्रकारहरूमा अल जजीराका सम्वाददाता अनस अल सरिफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोआमेन अलिवा र उनीहरूका सहायक मोहम्मद रहेका छन ।
कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही शुरू भएयता १ सय ८६ पत्रकारहरू को ज्यान गइसकेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस