सर्वोच्च अदालतको इजलासभित्रै प्रधानन्यायाधीशमाथि जूत्ता प्रहार

के छ नेपाल
२० असोज २०८२ १६:३०

एजेन्सी । सर्वोच्च अदालतको इजलासभित्रै भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईमाथि जुत्ता प्रहार भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुासार अदालतको इजलास नम्बर १ मा गवईमाथि आज बिहान साढे ११ बजेतिर राकेश किशोर नाम गरेका वकिलले जुत्ता प्रहार गरेका हुन ।

जूत्ता प्रहर गर्ने वकिलाई सुरक्षाकर्मीले तत्काल उनलाई नियन्त्रणमा लिएर उपमहानगरीय प्रहरी कार्यालयमा लगेका थिए ।

रिपोर्टका अनुसार आक्रमणकारी राकेश अधिवक्ताकै पोशाकमा पुगेको र काँधमा एउटा झोला र हातमा केही कागजात बोकेका थिए ।

उनले अचानक आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीश गवईमाथि प्रहार गरेका थिए । त्यो जुत्ता गवईको नजिकै बसेका न्यायाधीश के। विनोद चन्द्रनलाई लागेको थियो ।

सुरक्षाकर्मीले बाहिर निकाल्दै गर्दा राकेशले न्यायाधीश चन्द्रनसँग माफीसमेत मागेका दिए, ‘यो तपाईंको लागि थिएन, गवईको लागि मात्र हो ।’

रिपोर्टका अनुसार वकिलले हंगामा मच्चाए र प्रधानन्यायाधीश नजिक गएर चिच्याए,‘भारतले सनातन धर्मको अपमान सहन सक्दैन।’ यद्यपि, होहल्लाको बाबजुद पनि सुनुवाइ जारी रह्यो ।

भगवान विष्णुका बारेमा प्रधानन्यायाधीशको टिप्पणीबाट वकिल रिसाएको समाचारमा जनाइएको छ ।

गत सेप्टेम्बरको शुरुमा प्रधानन्यायाधीश गवईले भगवान विष्णुको मूर्तिको पुनर्निर्माणसम्बन्धी मुद्दामा आफ्नो टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि ’सबै धर्म’ लाई सम्मान गर्ने बताएका थिए ।

मुद्दा सुनुवाइको क्रममा उनले भनेका थिए, ’यो विशुद्ध रूपमा प्रचारको लागि दायर गरिएको निवेदन हो।।। गएर भगवानलाई नै केही गर्न भन । यदि तपाईं भगवान विष्णुमा गहिरो विश्वास राख्नुहुन्छ भने, प्रार्थना गर्नुहोस् र अलिकति ध्यान गर्नुहोस् ।’

प्रधानन्यायाधीशको उक्त टिप्पणीको व्यापक आलोचना भयो । केहीले यसलाई हिन्दू धर्मको उपहास भने । आलोचकहरूले उनीमाथि धार्मिक भावना र न्यायपालिकाको गरिमाको अनादर गरेको आरोप लगाए ।

सर्वोच्च अदालतले मध्य प्रदेशमा रहेको युनेस्को विश्व सम्पदा स्थलहरूलाई पनि सूचना जारी गरेको थियो ।

 


धेरै पढिएको