फ्रान्सका प्रधानमन्त्रीले दिए रजिनामा
पेरिस । फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको सोमबार राजीनामा दिएका छन ।
उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका हुन । उनको राजिनमा राष्ट्रपति इमानुएल म्याक्रोनले स्वीकार समेत गरिसकेका छन ।
राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
तर आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद्ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो ।
नयाँ मन्त्रिपरिषद्मा पनि अधिकांशतः पुरानै रहेपछि आलोचना बढेको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस