लखनउको पटाखा कारखानामा विष्फोट ,मलिकको गयो ज्यान

के छ नेपाल
१५ भदौ २०८२ १६:३२

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउको गुडम्बामा पटाखा कारखानामा विष्फोट भएको छ ।

प्रारम्भिक जानकारी अनुसार विष्फोटमा परेर कारखानाका मालिक आलम र उनकी श्रीमती मुन्नीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै आलमका जेठा छोरा इमरान र छिमेकी नदीम गम्भीर घाइते भएका छन् ।

जानकारीअनुसार विस्फोटमा ७ जनाको मृत्यु भएको भनिएको थियो । तर यो संख्या पुष्टि हुन सकेको छैन ।

विस्फोटको जानकारी पाएपछि दमकल र प्रहरी घटनास्थल पुगेका थिए ।

विस्फोटका कारण नजिकैका घरहरूमा चिरा परेको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।


धेरै पढिएको