चितवन जिल्ला अदालतमा सकियो रविको बयान
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । चितवन जिल्ला अदालतमा बिहान पौने १२ बजेदेखि सुरु भएको बयान केहि बेर अघि सकिएको हो ।
उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतले जनाएको छ ।
उनको बयान चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा चलेको थियो ।थुनछेक बहसका लागि रवि लामिछानको तर्फबट बहस गर्ने अधिवक्ताहरुले आफ्नो नाम दर्ता गराएका छन् ।
लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन् ।सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।
सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस