चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त , के भन्छन चलचित्रका मुख्य कलाकार ?

के छ नेपाल
२१ माघ २०८१ १५:०८

काठमाडौं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ ।सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

दीपेन्द्र खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ । एम.एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।

के भन्छन चलचित्रका मुख्य कलाकार ?

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले चलचित्र एक वर्ष लगाएर बताए । उनका अनुसार चलचित्र देश बनाए जस्तै हुदो रहेछ । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे ।

अभिनेता किरण केसीले आजबाट चलचित्र सुरू भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताए ।

आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको अभिनेत्री प्रियंका कार्कीले बताइन।

शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी रहेको बताईन । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरूमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदाको खुशी व्यक्त गरिन ।

 


धेरै पढिएको