‘एक्टर : टेक वन ‘ लाई दर्शकको साथ :  शनिबार ३ सय बढि पायो शो , हलमा दर्शकसँगै कलाकार,टेक टु’को माग

के छ नेपाल
१९ माघ २०८१ १४:५५

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टरस् टेक वन’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।शुक्रवार खासै केहि भएन तर यो फिल्मले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ ।

वितरण कम्पनी डीसीएनका अनुसार शनिवार देशभर करिब ३ सय ३० शोमा फिल्म प्रदर्शन छ । शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् ।

फिल्म हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन् । प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यू अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ ।

शनिवार दिउँसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टर: टेक टु’को माग गरे ।फिल्मको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’को नारा लगाएका थिए । दर्शकबाट टेक टु को माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे ।

यस फिल्ममा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह(निर्माता अनीश भुसाल रहेका छन् ।


धेरै पढिएको