रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण पेश गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पोखरालेधरौटीमा छाड्नुको कारण सोधेको छ ।उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।
उच्च अदालत पोरखाका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो ।
रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो ।जिल्ला अदालत कास्कीले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस