चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर अनुबन्धित

के छ नेपाल
५ माघ २०८१ ९:४२

काठमाडौं । चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर लम्साल ९बले० अनुबन्धित भएका छन । सागर र निर्माताबीच शुक्रबार कागजी सम्झौता भएको हो ।

राजु गिरीको निर्देशनमा यो चलचित्र बनिरहेको छ । कमेडी कथावस्तुमा बन्न लागेको यो चलचित्रमा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन छ । उषा फिल्म्सको प्रस्तुति रहने चलचित्रको निर्मातामा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष-आदर्श बस्नेत छन ।

चलचित्रमा सागरबाहेक अरु कलाकारहरू निश्चित भएका छैनन् । अब बाँकी कलाकार छनोट भईरहेको बताईएको छ । सागरले ‘लोफर’ चलचित्रबाट करिअर सुरु गरेका थिए । ‘सक्किगोनि’को ‘बले’ चरित्रले दर्शकमाझ चिनाएको छ।


धेरै पढिएको