‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ मा दयाहाङ र मिरुनाको नृत्य

के छ नेपाल
२ माघ २०८१ २२:१०

काठमाडौं । आगामी फागु २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । बुधबार सार्वजनिक चलचित्रको पहिलो गित सार्वजनीक भएको हो । गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको नृत्य देख्न सकिन्छ ।

नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा सिनेमाको कथा समेटिएको छ । सिनेमाको मुख्य भूमिका पनि एञ्जिला स्वयंमले अभिनय गरेकी छन् । सिनेमा पूर्ण रुपमा एञ्जिलाको बायोपिक भने होइन ।

राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रामकुमार केसीले खिचेका हुन् । सिनेमालाई मिलन चाम्सको निर्देशन गरेका छन् ।

फिल्ममा एञ्जिलासँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ, सुनिल थापालगायत कलाकारको अभिनय छ ।फिल्मममा प्रदीप भारद्धाज, यम थापा र गिरीराज घिमिरेको लेखन, सुदीप बरालको डिओपी छ ।

प्रेम कुमार श्रेष्ठ निर्माता रहेको सिनेमाको सह–निर्मातामा तुवेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । फिल्मलाई एप्पल इन्टरटेमेन्ट, एफडी कम्पनि र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।


धेरै पढिएको