पलको र्दुइ चरित्रमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक सार्वजनिक
काठमाडौं । चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघेसंक्रान्तीको अवसरमा चलचित्रको पोस्टर सार्वजनिक गरिएके् हो ।
एआई को प्रयोग गर्दै तयार पारिएको पोस्टरमा पललाई दुई अलग चरित्रमा देख्न सकिन्छ । पललाई राजसी पहिरनमा र नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजसी पहिरनमा रहेका पलले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको सङ्केत गर्दछ । अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन्
चलचित्रको स्लोगन ुअनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमाु राखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि थप जानकारी पाइनेछ । चलचित्रको फस्टलुक पोस्टरले दर्शकमा उत्सुकता जगाउने निश्चित छ । परिच्छेद सेनले निर्देशन गर्ने चलचित्र निर्माण भईरहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस