रविलाई प्रहरीको जिम्मा लागाउन काठमाडौं अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।
सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस