रवि धरौटी बुझाएर रिहा भएपछि पोखरामा गुञ्जियो ‘जय घण्टी’को नारा
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । आदेशमा रविसँग ६५ लाख धरौटी मागिएको थियो ।
बैंक ग्यारेन्टी मार्फत धरौटी रकम बुझाएलगत्तै लामिछाने रिहा भएका छ्न । डिपि अर्यालको रोहवरमा उनलाई रिहा गरिएको हो ।
अहिले अस्पतालमा उनको मेडिकल चेकजाँच भइरहेको छ ।
रवि लामिछाने रिहा भएपछि कास्की जिल्ला अदालतबाहिर रविका समर्थकहरुले नाराबाजी लगाएका थिए । अदालत परिसर वरपर जय घण्टी, रवि दाइ जिन्दावादको नारा लगेको थियो ।
उनी भोलि आफै काठमाडौ जिल्ला अदालतमा उपस्तिथित हुने छन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस