एनपिएलमा लगातार तिन जित सहित सुदुपश्चिम शिर्ष स्थानमा , लुम्बिनी पुछारमा

के छ नेपाल
२२ मंसिर २०८१ १६:०५

 

काठमान्डौं । नेपाल प्रिमिएर लिग एनपिएलमा लगातार तिन खेल जित्दै सुुदुरपश्चिम रोयल्यस अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ । शनिबार बिहान भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै रोयल्स अङ्क तालिको शिर्ष स्थानमा उक्लेको हो ।

तिन खेलमा लगातार हार बेहोरेको लुम्बिनी लायन्सलाई शिर्ष ४ मा स्थान बनाउन कठिन भएको छ । लुम्बिनी तिन हार सहित अङक्तालिकाको पुछारमा रहेको छ ।

टस हारेर पहिले ब्याटिङ ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पन्छाएको लुम्बिनी लायन्सले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन मात्रै बनाउन सक्यो । रोल्यसले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लगातार तीन जिपपछि ६ अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । तीन खेल नै जितेको जनकपुर बोल्ट्सको समान ६ अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

 


धेरै पढिएको