एनपिएलको पुर्वसन्धयामा ८ फ्रेन्चाइज टोलिका कप्तान एक ठाँउमा , कसले के भने ?
काठमाडां । नेपाल प्रिमियर लिग एनपीएलका फ्रे्रन्चाईज टिमहरुको कप्तानहरु एकै ठाँउमा देखिएका छन । सहभागी ८ टोलि मध्येृ ७ टोलिका मार्कि खेलाडी कप्तान बनेका छन भने जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् ।
जस अनुसार विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले त्रिव मैदानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै सबै कप्तानहरुले आफुनो टिम एनपिएल खेल्न तयार रहेको बताएका छन ।
कुन टिमका कप्तानले के भने ?
विराटनगरका कप्तान सन्दिप लामिछाने ” सबैजना उत्साहित रहेको र टिम पनि सन्तुलित छ । ‘अरु लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो पूरा भयो । आगामी ३(४ वर्षमा एनपीएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ । ”
जनकपुरका कप्तान अनिल शाह “उता मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी गर्यौं । अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी आएर टिम पनि राम्रो देखिएको छ। एनपीएलको चर्चाले गर्दा उत्साहित छौं।कप्तानको जिम्मेवारी दिइएको बारे अनिलले यसो भने ‘म घरेलु खेलाडीसँग धेरै कुरा गर्ने भएर मलाई कप्तान दिनुभएको होला, आसिफसँगको सहकार्यमा नै टिमको निर्णयहरु गरिने छ ।, कप्तान जो भए पनि त्यस्तो केही फरक पर्दैन।”
चितवनका कप्तान कुशल मल्ल “टिमको तयारी राम्रो भएको छ । स्टार स्र्पोटसमार्फत विश्वभर प्रसारण हुने कुराले उत्साहित छौ। ‘विश्वभरबाट हामीलाई हेर्छन्, राम्रो गर्नुपर्छ भन्ने लागेको छ”
काठमाडौंका कप्तान करण केसी “एक महिनाअघिदेखि घरेलु युवा खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गरायौ ।विदेशी पनि सबै आइसकेका छन्, हामी एक महिनाअघि देखि घरेलु खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छौं । युवा खेलाडी र विदेशीको तालमेलले राम्रो हुनेछ भन्ने छ।”
पोखराका कुशल भुर्तेल “भारतीय प्रशिक्षकबाट पोखरामा राम्रो तयारी भएको छ । एनपिएल खेल्न उत्साहित छौ ।”
लुम्बिनीका कप्तान रोहित पौडेल “टिमको तयारी राम्रो भएको छ । हामीले एक्स्ट्राटेक मैदानमा प्रशिक्षण गर्यौं , राम्रो भएको छ राम्रो खेल्ने छौ । एनपीएल एकदम महत्वपूर्ण प्रतियोगितामा हो, आइपीएलले भारतमा सहयोग गरेजस्तो एनपीएलले नेपाली क्रिकेटलाई सहयोग गर्ने छ ।”
कर्णाली याक्सका कप्तान सोमपाल कामी “युवा नेपाली र अनुभवी विदेशी खेलाडीको समिश्रणले टिम बलियो छ। ‘हाम्रो टिममा युवा धेरै छन्, विदेशी पनि अनुभवी ल्याएका छौं । हामीले उहाँहरुबाट कति सिक्न सकिन्छ भन्ने कुरा हो । “सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टिम राम्रो भएको र युवा र विदेशी खेलाडीहरु मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए ।
एनपीएलको उद्घाटन खेलमा भोलि शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्दै छन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस