कांग्रेसले तत्काल कार्यवाहक सभापति नतोक्ने
???????????? ??????? ????
???????, ? ????? ???????? ?????? ???????? ???????? ???????? ????? ???????????? ??????? ???? ?????? ??????? ????? ?????÷????
काठमाडौं । नेपाली कांग्रेसले तत्काल कार्यवाहक सभापति नतोक्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले विशेष महाधिवेशन बोलाउन कुनै कदम नचाल्ने समेत निर्णय गरेको छ ।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार सभापति शेरबहादुर देउवा स्वास्थ्यलाभ भएपछि मात्र पार्टीको केन्द्रीय समिति बैठक बोलाइने र त्यही बैठकमार्फत आवश्यक छलफल गरिनेछ ।
गत भदौ २४ गते जेन(जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमै देउवा कुटिएका थिए । त्यसयता उनी उपचाररत छन् ।
दसैँ–तिहारपछि मात्र केन्द्रीय समिति बैठक बोलाउने तयारी कांग्रेसको रहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस