आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु

के छ नेपाल
२० भदौ २०८२ ११:५६

काठमाडौँ । आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा विधान महाधिवेशन तीनदिन सम्म चल्ने छ ।

महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि आयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने बताइएको छ ।

करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ ।


धेरै पढिएको